• Trending:

समुद्री आँधी ‘इयान’ ले अमेरिकामा २५ लाख मानिस प्रभावित, करोडौं डलरको क्षति

समुद्री आँधी ‘इयान’ ले अमेरिकामा २५ लाख मानिस प्रभावित, करोडौं डलरको क्षति

Economist Nepal

Fri, Asoj 14 2079

समुद्री आँधी ‘इयान’ ले अमेरिकामा २५ लाख मानिस प्रभावित, करोडौं डलरको क्षति


१४ आश्विन २०७९, शुक्रबार

america l2L3zQF2v5

काठमाडौं । अमेरिकाको फ्लोरिडामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आँधीबाट झण्डै २५ लाख मानिस प्रभावित भएका छन् । जनजीवन कष्टकर बनेको छ । घर तथा धेरैजसो भौतिक संरचनामा क्षति पुगेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक अन्धकारमा रहेका बीबीसीले जनाएको छ ।

अमेरिकाको आँधीबारे पूर्वानुमान गर्ने निकाय नेशनल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ । यो आँधी फ्लोरिडामा बज्रिएका अहिलेसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक मानिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २ सय ४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको थियो । आँधीकै कारण क्युबामा दुई जनाले ज्यान गुमाएका छन् । फ्लोरिडामा मानवीय क्षतिबारेको विवरण आइसकेको छैन । यो आँधी जोर्जा र साउथ क्यारोलिना पुग्दा पनि इयान आँधीकै रूपमा रहने आँधीबारे पूर्वानुमान गर्ने निकायले जनाएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.