• Trending:

चन्दाको बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा

चन्दाको बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा

Economist Nepal

Fri, Asoj 14 2079

चन्दाको बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा


१४ आश्विन २०७९, शुक्रबार

rabindra Mishra 2
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।

मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका हुन् । विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका वरिष्ठ उपाध्यक्ष बनेका उनले आज (शुक्रबार) उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए । मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकस पनि राखेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उम्मेदवार रहेका थिए । उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराजित भएका थिए । यस पटक पनि उनको सिंहसँग न प्रतिष्पर्धा हुने देखिएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.