• Trending:

सिटी एक्सप्रेसको ‘बिदेशबाट सिटी आयो, दशैं–तिहारलाई गोल्डेन बनायो’ योजना सार्वजनिक

सिटी एक्सप्रेसको ‘बिदेशबाट सिटी आयो, दशैं–तिहारलाई गोल्डेन बनायो’ योजना सार्वजनिक

Economist Nepal

Fri, Asoj 14 2079

सिटी एक्सप्रेसको ‘बिदेशबाट सिटी आयो, दशैं–तिहारलाई गोल्डेन बनायो’ योजना सार्वजनिक


१४ आश्विन २०७९, शुक्रबार

City

काठमाडौं : सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसंग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दशैं–तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेसको उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कम्पनीका अनुसार यस योजना भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने जनाएको छ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देश–विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् ।

city

यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने जनाइएको छ ।

jagdamba.cement

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.