• Trending:

सलमानका डुप्लिकेट डबल सागरको निधन

सलमानका डुप्लिकेट डबल सागरको निधन

Economist Nepal

Sat, Asoj 15 2079

सलमानका डुप्लिकेट डबल सागरको निधन


१५ आश्विन २०७९, शनिबार

sagarsalman 20221001083834

मुम्बई । बलिउड अभिनेता सलमान खानका डुप्लिकेट तथा उनका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ । सागरको निधन जिम वर्कआउटको समयमा भएको थियो । सागर अन्दाजी ५० वर्षका थिए ।

उनी सन् १९९९ देखि सलमानको फिल्ममा उनको बडी डबल बन्दै आएका थिए । उनले आफ्नो करियरको शुरुवात फिल्म ‘कुछ कुछ होता हे’ बाट गरेका थिए । यसपछि उनले ५० बढी फिल्ममा काम गरिसकेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सागरको निधनको पुष्टि सलमानका अर्का बडी डबल शान्तनु घोषले गरेका छन् । शान्तनुका अनुसार सागरलाई तुरुन्तै मुम्बईको जोगेश्वरी इस्टस्थित हिन्दी हृदय सम्राट बालासाहेक ठाकरे ट्रमा केयर मुन्सिपल अस्पतालमा लगिएको थियो । अस्पताल पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

city
ncll 2

सागर सलमान जस्तै अविवाहित थिए । सागरका पाँच भाइ थिए र सबैको खर्च उनले नै व्यहोर्थे । उनले ‘बजरंगी भाइजान’, ‘ट्यूबलाइट’, ‘दबंग’, ‘दबंग २’ जस्ता फिल्ममा सलमानको बडी डबलको भूमिका निर्वाह गरेका थिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.