• Trending:

खोटाङमा गुडिरहेको बसमा लाग्यो आगो, यात्रु अलपत्र

खोटाङमा गुडिरहेको बसमा लाग्यो आगो, यात्रु अलपत्र

Economist Nepal

Sat, Asoj 15 2079

खोटाङमा गुडिरहेको बसमा लाग्यो आगो, यात्रु अलपत्र


१५ आश्विन २०७९, शनिबार

khotang bus agolagi UFcmKWof4w 1

खोटाङ । काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बसमा एक्कासी आगलागी भएको छ । बा ३ ख ८९८१ नम्बरको गुड्दै गरेको बसमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको कदुवामा शनिबार दिउँसो साढे चार बजे आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायका अनुसार गाडीपको इन्जिनमा समस्या आएपछि कारण आगलागी भएको हो । बसमा आगो लागेपछि आफूहरू निस्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जगशेर राईले बताए । ‘बसमा उभिएर, बसेर खचाखच यात्रु थियौं’, राईले भने, ‘आगो लागेपछि भागभाग भयो ।’ प्रहरीले भने ३७ जना मात्र यात्रु भएको जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने भएको छैन् । घटनास्थलमा भएका यात्रुहरुका अनुसार बससहित बसमा भएका सामानहरु जलेर नष्ट भएको छ । नेपालीहरुको चाड दशैँमा घर फर्कने यात्रुहरु बसमा आगलागी भएपछि अलपत्र परेका छन् । उनीहरुलाई अर्को गाडी ब्यवस्था गरेर गन्तव्यतर्फ पुर्‍याउन प्रहरीसँग समन्वय भइरहेको घटनास्थलमा रहेका एक स्थानीयले जानकारी दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.