• Trending:

डेंगी संक्रमितको संख्या ३० हजार नाघ्यो, ३९ जनाको मृत्यु

डेंगी संक्रमितको संख्या ३० हजार नाघ्यो, ३९ जनाको मृत्यु

Economist Nepal

Sat, Asoj 15 2079

डेंगी संक्रमितको संख्या ३० हजार नाघ्यो, ३९ जनाको मृत्यु


१५ आश्विन २०७९, शनिबार

dengu 2

काठमाडौँ । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार १८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एक मात्र उपाय हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसैबीच, पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार तीन सय ३२ जनाको नमुना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

city
ncll 2

थप ९६ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या नौ सय २५ जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.