• Trending:

कर्मचारीको आन्दोलनले बेलायतको रेल सेवा प्रभावित

कर्मचारीको आन्दोलनले बेलायतको रेल सेवा प्रभावित

Economist Nepal

Sun, Asoj 16 2079

कर्मचारीको आन्दोलनले बेलायतको रेल सेवा प्रभावित


१६ आश्विन २०७९, आईतवार

reeee X9uZtTLD3e

काठमाडौं । बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो ।

रेल सेवामा कार्यरत कर्मचारीहरूले यसअघि नै आन्दोलन गर्ने तयारी गरेका भए पनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले महारानी एलिजावेथको शोक अवधि सकिएपछि आन्दोलन शुरु गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रेल सेवाका कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलबसहित सेवा सुविधा वृद्धि हुनुपर्ने माग राखेका छन् । आफूहरूले पटक–पटक पारिश्रमिक बढाउन माग गरेको तर व्यवस्थापनले वेवास्ता गरेपछि आन्दोलनमा उत्रिनुपरेको बताएका बीबीसीले जनाएको छ । बेलायतमा रेल सेवाका कर्मचारीले गरेको आन्दोलनबाट अरु क्षेत्र समेत प्रभावित भएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.