• Trending:

मंगल ग्रहमा भेटियो पानी भएको प्रमाण

मंगल ग्रहमा भेटियो पानी भएको प्रमाण

Economist Nepal

Sun, Asoj 16 2079

मंगल ग्रहमा भेटियो पानी भएको प्रमाण


१६ आश्विन २०७९, आईतवार

Mars planet 0sHRvnSIJ7

काठमाडौं । लामो समयदेखि वैज्ञानिकहरु अन्तरिक्षमा पानीको खोजी गरिरहेका छन् । मानव जीवनको अस्तित्व नै पानीमा निर्भर हुने भएकाले पनि पानीमा वैज्ञानिकको चासो धेरै भएको हो । यसैबीच वैज्ञानिकहरुले मंगल ग्रहमा पानी भएको हुन सक्ने अर्को प्रमाण फेला पारेका छन् । यसलाई मंगल ग्रहको यात्रामा एक महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

यो अध्ययन युनिभर्सिटी अफ क्याम्ब्रिजको नेतृत्वमा गरिएको हो । यसमा राडारबाहेकका विवरणको प्रयोग गरिएको थियो । अध्ययनका अनुसार मंगलको दक्षिणी ध्रुवको आइस क्यापमुनि पानी हुन सक्ने देखिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पछिल्लो समय मानिसको ध्यान चन्द्रमा पछि मंगल ग्रहमा भएकाले पनि यो खोजलाई महत्वपूर्ण मानिएको छ । यो अध्ययनमा सहभागी युनिभर्सिट अफ शेफिल्डकी फ्रान्सिस बुचरले भनिन्, ‘यो अध्ययनले मंगल ग्रहमा जमिनमुनि रहेको पानीबारे अहिलेसम्मकै सबैभन्दा राम्रो संकेत दिएको छ ।

city
ncll 2

पृथ्वीमा पाइने सबग्लेसियल लेक (हिउँले ढाकिएको क्षेत्र, जहाँ हिउँमुनि पानी हुन्छ) मंगल ग्रहमा पनि पाइएको छ । यस्तोमा उक्त हिउँले ढाकिएको भागमुनि पानी पनि हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यद्यपि यसको अर्थ मंगल ग्रहमा मानव जीवनको अस्तित्व सम्भव छ भन्ने चाँहि होइन ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.