• Trending:

करिम बेन्जेमा चुक्दा रियलको विजयी यात्रामा पूर्णविराम

करिम बेन्जेमा चुक्दा रियलको विजयी यात्रामा पूर्णविराम

Economist Nepal

Mon, Asoj 17 2079

करिम बेन्जेमा चुक्दा रियलको विजयी यात्रामा पूर्णविराम


१७ आश्विन २०७९, सोमबार

126931520 gettyimages 1243680863 qDgUbIkfpK

काठमाडौं । १० खेलाडीमा सीमित ओसासुनाले साबिक विजेता रियल मड्रिडलाई स्पेनिस ला लिगामा १–१ को बराबरीमा रोक्न सफल भएको छ । करिम बेन्जेमाले पेनाल्टीबाट गोल गर्न चुकेपछि रियलले यो सिजन अंक गुमाएको यो पहिलो पटक हो ।

खेल १–१ को बराबरीको अवस्थामा रहेका बेला ८० औँ मिनेटमा बेन्जेमाले हानेको पेनाल्टी क्रसबारमा लाग्न पुगेको थियो । पहिलो हाफको अन्त्यतिर भिनिसियस जुनियरले रियललाई खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको शुरुवातमा नै किके गार्सियाले खेल बराबरी गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

डेभिड गार्सियाले बेन्जेमालाई लडाएपछि उनले रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो । रियलले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । ७ खेलपछि रियल र बार्सिलोनाको समान १९ अंक भए पनि गोलअन्तरको आधारमा बार्सा शीर्ष स्थानमा रहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.