• Trending:

भारतले दक्षिण अफ्रिकालाई १६ रनले हरायो

भारतले दक्षिण अफ्रिकालाई १६ रनले हरायो

Economist Nepal

Mon, Asoj 17 2079

भारतले दक्षिण अफ्रिकालाई १६ रनले हरायो


१७ आश्विन २०७९, सोमबार

346924 oRLLqcnnNg

काठमाडौं । भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै भारतले दक्षिण अफ्रिकालाई २३८ रनको लक्ष्य दिएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए । केएल राहुलले ५७, विराट कोहलीले ४९ र रोहित शर्माले ४३ रन बनाए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दक्षिण अफ्रिकाको प्रदर्शन पनि उत्कृष्ट थियो तर टोलीले जित भने हात पार्न सकेन । भारतले दिएको स्कोर पछ्याउँदै दक्षिण अफ्रिकाको टोलीले तीन विकेट गुमाएर २२१ रन मात्र जोड्न सक्यो ।

city
ncll 2

टेम्बा बाभुमा र रिले रुसो शून्यमा पेभिलियन फर्किए । मार्कराम पनि खास केही देखाउन सकेनन् र अक्षर पटेलको बलमा आउट भए । तर डेभिड मिलरले ४७ बलमा १०६ रन र क्विन्टन डी ककले ४८ बलमा ६९ रन बनाए पनि यी दुई खेलाडीको धुवाँदार इनिङ्सले पनि टोलीलाई जिताउन सकेन ।

jagdamba.cement
nepal liquors

यसअघि तिरुवनन्तपुरममा भएको पहिलो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल ४ अक्टोबरमा इन्दौरमा हुनेछ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.