• Trending:

लिमान शहरलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनको दाबी

लिमान शहरलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनको दाबी

Economist Nepal

Mon, Asoj 17 2079

लिमान शहरलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनको दाबी


१७ आश्विन २०७९, सोमबार

zelensky

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको बताएका छन् ।

रुसले युक्रेनका चार भू–भाग गाभिएको घोषणा गरेपछि किएभ र पश्चिम देशले भर्त्सना गरिरहेका बेला रूसले कब्जा गरेको लिमान सहर सेनामुक्त गरिएको युक्रेनले दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई धन्यवादसहित एक भिडियो समेत पोस्ट गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जेलेन्स्कीले देशको पूर्वी डोनबास क्षेत्रका थप क्षेत्रहरू यसै हप्ताभित्र पुनः कब्जा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण शुरु गरेको थियो । केही दिन अघि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक समारोहकाबीच डोनेट्स्क, लुहान्स्क, खेअर्सन र जापोरिजिया गरी युक्रेनका चार क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.