• Trending:

यसपालि चुनावमा उम्मेद्वार नबन्ने डा. बाबुराम भट्टराईको घोषणा

यसपालि चुनावमा उम्मेद्वार नबन्ने डा. बाबुराम भट्टराईको घोषणा

Economist Nepal

Mon, Asoj 17 2079

यसपालि चुनावमा उम्मेद्वार नबन्ने डा. बाबुराम भट्टराईको घोषणा

‘मेरो ठाउँमा अझै सक्षम र जिम्मेवार नेतृत्व पाउनु हुनेछ’


१७ आश्विन २०७९, सोमबार

baburam
फाइल फोटो

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई आसन्न निर्वाचन आफू उम्मेद्वार नबन्ने बताएका छन् । आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने पनि उनले अपेक्षा गरेका छन् ।

‘म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनु हुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउने छ । म त्यसका लागि साथमा हुनेछु’, डा. भट्टराईले चुनाव लड्ने स्पष्ट पार्दै भनेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसले जानेर–नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता तथा समाजको सेवा गर्ने साधन रहेको पनि उनले बताएका छन् । ‘म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।’

city
ncll 2

आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेको उनले दाबी गरेका छन् । केही शुरू भएका आयोजना पूरा हुन बाँकी रहेको र ती आयोजना पूरा गर्न संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गर्ने पनि उनले स्पष्ट पारेका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.