• Trending:

मनास्लु हिमालमा फेरि हिमपहिरो : एक जनाको मृत्यु

मनास्लु हिमालमा फेरि हिमपहिरो : एक जनाको मृत्यु

Economist Nepal

Mon, Asoj 17 2079

मनास्लु हिमालमा फेरि हिमपहिरो : एक जनाको मृत्यु


१७ आश्विन २०७९, सोमबार

manaslu kUdYIHQxwW 1

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरोमा परेका चारमध्ये तीन जना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरोमा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटना लगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडाैंको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिए । मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ । आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरो गएको थियो ।

city
ncll 2

यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरो गएको थियो । उक्त हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सोमबार गएको हिमपहिरोमा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.