• Trending:

भागबण्डालाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बस्दै

भागबण्डालाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बस्दै

Economist Nepal

Tue, Asoj 18 2079

भागबण्डालाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बस्दै

आजको वैठक ‘निर्णायक’ हुने दावी


१८ आश्विन २०७९, मंगलवार

Gathbandhan Top five leader of nepal

काठमाडौं । सिट भागबण्डालाई अन्तिम रुप दिन पाँच दलीय गठबन्धनको बैठक आज (मंगलबार) पनि बैठक बस्दै छ । सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिएकी छन् ।

उनका अनुसार आज बिहान शुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्ने छ । हिजो साँझसम्म सिट बाँडफाँटमा ठोस प्रगति हुन नसकेको उनको भनाइ छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आजको बैठकबाट अन्तिम र निर्णायक बनाउने तयारी दलहरूको छ । सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो । त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनलाई भागबण्डा मिलाउन सकस परिरहेको छ ।

city
ncll 2

गठबन्धनमा रहेका सबै दलहरुले बढी सिटमा दावी गरिरहेका कारण भागबण्डा मिल्न नसकेको हो । विशेष गरी उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीले आफूलाई गठबन्धनमा कम सिट छुट्याइएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.