• Trending:

किम कार्दसियनलाई १२ लाख डलर जरिवाना

किम कार्दसियनलाई १२ लाख डलर जरिवाना

Economist Nepal

Tue, Asoj 18 2079

किम कार्दसियनलाई १२ लाख डलर जरिवाना


१८ आश्विन २०७९, मंगलवार

kim kardashian hindi 5

काठमाडौं । आफ्नो इन्स्टाग्राम पेजमा इथेरियम म्याक्सको अवैधरुपमा प्रचार गरेको मुद्दामा किम कार्दसियन १२ लाख ६० हजार डलर जरिवाना तिर्न सहमत भएकी छिन्।

यूएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनका अनुसार रियालिटी टीभी स्टार कार्दसियनले मानिसहरुसँग आफूलाई क्रिप्टोकरेन्सी इथेरियम म्याक्सको प्रचारको लागि २ लाख ५० हजार डलर पाएको कुरा लुकाएकी थिइन् । उनले मानिसहरुलाई भ्रममा पारेर यो क्रिप्टोकरेन्सीको प्रचार गरेको कमिसनको दाबी छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

किम कार्दसियन तीन वर्षसम्म क्रिप्टोसम्पत्तिसँग सम्बन्धित कुरालाई बढावा नदिन पनि सहमत भएकी छिन् । कार्दसियनका वकिलले बीबीसीसँग भने, ‘कार्दसियन यो मुद्दा सुल्झाउन पाएकोमा खुशी छिन् ।’

city
ncll 2

कार्दसियनले यो मुद्दाको अनुसन्धानमा पूरा सहयोग गरेको र आगामी दिनमा पनि कमिसनलाई आवश्यक पर्ने कुनै पनि सहयोगको लागि तयार रहेको उल्लेख गरेकी छिन् । गत जनवरीमा कार्दसियनका साथै बक्सर फ्लोइड मेभेदर जुनियर, बास्केटबल खेलाडी पल पियर्स र इथेरियम म्याक्सका निर्माताविरुद्ध अवैधरुपमा क्रिप्टोकरेन्सीको प्रचारको आरोपमा मुद्दा दायर भएको थियो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.