• Trending:

श्रीलङ्कामा न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने

श्रीलङ्कामा न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने

Economist Nepal

Tue, Asoj 18 2079

श्रीलङ्कामा न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने


१८ आश्विन २०७९, मंगलवार

Ranil Bikramasinghe lvZ36KBghd

काठमाडौं । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताएका छन् ।

अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व वासस्थान दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक रहेको र देशले यस्तो समाज निर्माण गर्नुपर्ने बताएका छन् । उनले मानिसहरू आफ्नै घरमा खुशीसाथ बाँच्न सकून् भन्ने सरकारको सदिक्षा रहेको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले भने, ‘यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून आय भएका परिवारका लागि दुई हजार आवास निर्माण सुरु गर्नेछ । यो परियोजनाले सहरी क्षेत्रलाई मात्र नभई अर्ध–सहरी जनसङ्ख्यालाई पनि फाइदा पुर्‍याउनेछ ।’

city
ncll 2

राष्ट्रपति विक्रमासिङ्घेले न्यून आय भएका परिवारलाई उनीहरूको आवश्यकताका बारेमा परामर्श गरी आवास एकाइ उपलब्ध गराउनुपर्ने बताए । रासस /सिन्ह्वा

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.