• Trending:

सिराहामा जसपाका नेता–कार्यकर्ताले दिए सामुहिक राजीनामा

सिराहामा जसपाका नेता–कार्यकर्ताले दिए सामुहिक राजीनामा

Economist Nepal

Thu, Asoj 20 2079

सिराहामा जसपाका नेता–कार्यकर्ताले दिए सामुहिक राजीनामा


२० आश्विन २०७९, बिहीबार

jasap

सिरहा । सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्यसहितका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरुले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।

जसपा प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरकाले सामूहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साहले बताए । जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरु बाध्य भएर राजीनामा गर्नुपरेको उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुख व्यक्त गरे । पार्टीले मुख्य एजेन्डा छोडेपछि आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए।

city
ncll 2

सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोजकुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रोपटकको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए । सिंहलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकेट दिने भएकोले जसपा परित्याग गरी एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.