• Trending:

दशैंको टीका लगाउन मामाघर हिंडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता

दशैंको टीका लगाउन मामाघर हिंडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता

Economist Nepal

Thu, Asoj 20 2079

दशैंको टीका लगाउन मामाघर हिंडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता


२० आश्विन २०७९, बिहीबार

dubera

अर्घाखाँची । दशैंको टीका लगाउन मामाघर हिंडेका १० वर्षीय बालकलाई खोलाले बगाउँदा बेपत्ता छन् । सन्धिखर्क नगरपालिका– ७ खाँचीकोट किटेनीका निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फज्याङ खोलाले बुधबार बगाएको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । धमिलो बाढीसहितको खोला तर्दै गर्दा बगाएको आमा तारा पौडेलले जानकारी दिइन् ।

पौडेल एक छोरा र एक छोरी लिएर दशैं मनाउन भूमिकास्थान नगरपालिका– ७ स्थित चिदिचौरमा मामाघर जाने क्रममा खोला तर्न खोज्दा समीरलाई बगाएको हो । बच्चालाई खोलाले बगाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । बुधबार दिउँसोबाट प्रहरीले बेपत्ता बालकलाई खोजिरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दुई दिनदेखि लगातार खोलामा खोज्दा समेत केही फेला पर्न नसकेको प्रहरी निरीक्षक पौडेलले बताए । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण धमिलो खोला भएकाले खोजी कार्य गर्न निकै सकस परिरहेको उनले बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.