• Trending:

नारायणी नदीमा बाढीको बहाव बढ्दो, गण्डक बाँधका ३६ वटै ढोका खोलियो

नारायणी नदीमा बाढीको बहाव बढ्दो, गण्डक बाँधका ३६ वटै ढोका खोलियो

Economist Nepal

Thu, Asoj 20 2079

नारायणी नदीमा बाढीको बहाव बढ्दो, गण्डक बाँधका ३६ वटै ढोका खोलियो

गण्डक ब्यारेजमा दुई लाख ८६ हजार ८ सय क्युसेक पानीको बहाब


२० आश्विन २०७९, बिहीबार

Gandak badh

परासी । निरन्तरको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो ।

नदीको सतह खतरा नजिक पुगेपछि बिहान ८ बजे २२ वटा ढोका खोलिएकोमा पानीको सतह बढ्दै गएपछि बिहान १० बजे ब्यारेजका ३६ वटा ढोका खोलिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिएका छन् । बिहान १० बजे गण्डक ब्यारेजमा २ लाख ८६ हजार ८ सय क्युसेक पानीको बहाब छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तटीय क्षेत्रका स्थानीयलाई सर्तक हुन र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.