• Trending:

भैरहवाबाट काठमाडौं उडेको जहाज जनकपुर अवतरण

भैरहवाबाट काठमाडौं उडेको जहाज जनकपुर अवतरण

Economist Nepal

Thu, Asoj 20 2079

भैरहवाबाट काठमाडौं उडेको जहाज जनकपुर अवतरण


२० आश्विन २०७९, बिहीबार

buddha air

रूपन्देही । भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरको विमान तीन घण्टा पछि मात्र काठमाडौंमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि सो विमानलाई जनकपुरमा अवतरण गराइएको थियो ।

खराब मौसमका कारण काठमाडौं विमानस्थलले इयर ट्राफिक जाम भएको सूचनाका आधारमा जनकपुरमा अवतरण गराइएको बताइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो । सो विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै १ घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको बुद्ध एअरले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.