• Trending:

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक जारी

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक जारी

Economist Nepal

Thu, Asoj 20 2079

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक जारी


२० आश्विन २०७९, बिहीबार

satta 1 1

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज पनि बैठक सुरु भएको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेद्वारी दर्ता कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेद्वार तोक्नु पर्छ ।

city
ncll 2

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेललगायत शीर्ष नेतृत्व सहभागी रहेको बताइएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.