• Trending:

पाल्पामा खोलाले बगाएर एक बालिकाको मृत्यु, दुई जनाको उद्दार

पाल्पामा खोलाले बगाएर एक बालिकाको मृत्यु, दुई जनाको उद्दार

Economist Nepal

Fri, Asoj 21 2079

पाल्पामा खोलाले बगाएर एक बालिकाको मृत्यु, दुई जनाको उद्दार


२१ आश्विन २०७९, शुक्रबार

khola 1
सांकेतिक तस्वीर

पाल्पा । पाल्पााको रिब्दीकोटमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका–६ ठिमुरेस्थित मन्दी खोलाले बगाउँदा रिब्दीकोट–५, नयाँ टोलकी ५ वर्षीया प्रिन्सु पचभैयाको मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बेलुकी पाँच बजेतिर नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सु, ३४ वर्षकी कविता पचभैया र ३२ वर्षकी मीना रानालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खोलाले बगाएका कविता पचभैया र मीना रानाको भने उद्दार गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मीना राना घाइते भएकाले तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ । कविता भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.