• Trending:

झरी परेको भन्दै निर्वाचन कार्यतालिका फेर्न आग्रह

झरी परेको भन्दै निर्वाचन कार्यतालिका फेर्न आग्रह

Economist Nepal

Fri, Asoj 21 2079

झरी परेको भन्दै निर्वाचन कार्यतालिका फेर्न आग्रह


२१ आश्विन २०७९, शुक्रबार

Nirbachan scaled

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छ । दलहरुले अझै पनि उमेदवारको टुंगो लगाउन सकेका छैनन् ।

सत्ता गठबन्धन र विपक्षी दललाई सिट बाँडफाँटको सकस छ । सिट बाँडफाँटको सकस, दसैँ र केही दिन यताको वर्षाका कारण निर्वाचन कार्यतालिका हेरफेर गर्न आयोगलाई दलहरुले दबाब दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘विभिन्न कुराहरु आइरहेका छन् । हामी हाम्रो काममा पूर्वनिर्धारित कार्यतालिका अनुसार जुटिरहेका छौँ । सबैले आफू अनुकूलको कुरा गर्न त पाइयो । आएका कुरा सुनेका छौं’, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यतालिका सार्न दबाब दिएको संकेत गर्दै भने ।

city
ncll 2

राजपत्रमा सूचना प्रकाशित गरिसकेकाले कुनै हेरफेर नहुने उनले बताए । यद्यपि, आयोगले सहजीकरण गर्ने उनको भनाइ छ । ‘राजपत्रमा सूचना प्रकाशित भएर आइसकेको छ । अघिल्लो दिन आएर फेरबदल भयो भने त्यसको सन्देश सकारात्मक जाँदैन’, उनले भने, ‘हामी कार्यतालिका अनुसार नै गर्छौं । अरु सहजीकरण गर्ने कुरा त छँदैछ ।’ आयोगले प्रत्यक्षतर्फको मनोनयन गर्न असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्मको समय तोकेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.