• Trending:

पहिरोले घर बगाउँदा प्युठानमा ६ जना बेपत्ता

पहिरोले घर बगाउँदा प्युठानमा ६ जना बेपत्ता

Economist Nepal

Fri, Asoj 21 2079

पहिरोले घर बगाउँदा प्युठानमा ६ जना बेपत्ता


२१ आश्विन २०७९, शुक्रबार

pahiro khotang
सांकेतिक तस्वीर

प्युठान । प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका– ४ फरन्डीमा दिउँसो १२ बजेतिर आएको पहिरोले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिए ।

पहिरोमा बमबहादुरसहित उनकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएको वडाध्यक्ष घर्ती मगरले बताए । पहिरो गएको ठाउँ नजिकै रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ । सडक बन्द भएका कारण पहिरो गएका ठाउँमा झण्डै तीन घण्टासम्म पनि उद्धार टोली घटनास्थल पुग्न नसकेको प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सडक बन्द भएका कारण उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली बीच बाटोमै रोकिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.