• Trending:

देशभर बर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने

देशभर बर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने

Economist Nepal

Sat, Asoj 22 2079

देशभर बर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने


२२ आश्विन २०७९, शनिबार

rain

काठमाडौं । अहिले नेपालमा मध्यपश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश–१ र मधेश प्रदेशमा आंशिक र बाँकी प्रदेशहरुमा सामान्य बदली रहेको छ । प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने तथा कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.