• Trending:

दशैंमा घुम्न जाँदा लेक लागेर श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

दशैंमा घुम्न जाँदा लेक लागेर श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

Economist Nepal

Sat, Asoj 22 2079

दशैंमा घुम्न जाँदा लेक लागेर श्रीमानको मृत्यु, श्रीमती बेपत्ता


२२ आश्विन २०७९, शनिबार

pokhari meme

लमजुङ । दशैंको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी (४,८०० मि.) घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

सँगै गएका ५ जनामध्ये ३ जना भेंडीगोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन । लमजुङको बेंसीसहर नगरपालिका–१०, साँधुका २६ वर्षीय बुद्ध तामाङ अर्थात् दयासागर योन्जनको मृत्यु भएको हो । उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनीहरूको खोजी कार्यमा जुटेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु विकका अनुसार मेमे पोखरी घुम्न गएका ५ जनामध्ये एक जनाको श्रीमानको मृत्यु भएको र श्रीमती बेखबर बनेको अन्य ३ जनाले बताएका छन् । शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करीब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको विकले बताए ।

city
ncll 2

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले मेमे पोखरी घुम्न गएका युवकलाई लेक लागेको जानकारी आएपछि प्रहरीलाई खबर गरेको र टाप गाउँका युवाहरूलाई उद्धारका लागि पठाएको बताए । लमजुङ सदरमुकाम बेंसीसहरबाट बराहपोखरी पुग्न ३ दिन लाग्छ । यसका लागि १ दिनमा बराहपोखरी पुग्नुपर्छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.