• Trending:

पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित

पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित

Economist Nepal

Sat, Asoj 22 2079

पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित


Dhan 1 scaled

म्याग्दी । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीको कारण सयौं हेक्टर जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ । असोज १७ गते रातिदेखि अहिलेसम्म अविरल रुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धानबालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् ।

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्याएको हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर तीन हजार आठ सय ९२ हेक्टर जमिनमा धान खेती हुन्छ । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायत ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.