• Trending:

बाढीले बर्दियाको जब्दीघाटको पुल बगायो

बाढीले बर्दियाको जब्दीघाटको पुल बगायो

Economist Nepal

Sat, Asoj 22 2079

बाढीले बर्दियाको जब्दीघाटको पुल बगायो


२२ आश्विन २०७९, शनिबार

1665199974 pull 1200x560 1

बर्दिया । तीन दिनदेखि परेको अविरल वर्षाले बबई नदीमा निर्माण भएको जब्दीघाटको पुल बाढीले बगाएको छ । बारबर्दिया नगरपालिका स्थित गुलरिया सदरमुकाम जोड्नको लागि ८ वर्ष अघि निर्माण भएको पुल बगाएको हो । २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बीच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको पुल बगेको हो ।

पप्पु कन्स्«टक्सनले करोडौं लगानीमा तयार पुल मापदण्ड विपरीत बनेको भन्दै अख्तियार अनुसन्धान आयोगमा मुद्दा परेको छ । पुल बगाएपछि दक्षिणबाट पूर्व पश्चिम राजमाार्ग पुग्नका लागि सहज माध्यम बनेको पुलबाट आवागमन ठप्प भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसअघि क्षतिग्रस्त बनेको पुलको बिच भागको स्पान,स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु वास्तोलाले बताए । ‘लगातारको वर्षा पछि बबई नदीको सतह बढ्ने क्रममा थियो’ उनले भने, ‘यसअघि बाढीले क्षति पुराएको पुल बगाएको छ ।’ नदीमा पानीको सतह बढेपछि अप्रिय घटना घटन नदिन सुरक्षा निकायका सबै अंग परिचालन गरिएको प्रजिअ वास्तोलाले जानकारी दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.