• Trending:

प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता ६ मध्ये दुईको शव भेटियो

प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता ६ मध्ये दुईको शव भेटियो

Economist Nepal

Sat, Asoj 22 2079

प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता ६ मध्ये दुईको शव भेटियो


२२ आश्विन २०७९, शनिबार

pahiro 3

प्युठान । प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये आज (शनिबार) बिहान दुई जनाको शव फेला परेको छ । शव भेटिएका उनीहरूको परिचय खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

माण्डवी गाउँपालिका–४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट हिजो शुक्रवार आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए । बाँकी चार जनाको खोजी भइरहेको प्युठान प्रहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अहिले पनि प्युठानमा हल्का पानी परिरहेको छ । पानी परेका कारण उद्धारमा केही कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोलीले पहिरोमा पुरिएर बेपत्ता भएका चार जनाको खोजी गरिरहेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.