• Trending:

भारतमा बसमा आगलागी हुँदा ११ जनाको मृत्यु

भारतमा बसमा आगलागी हुँदा ११ जनाको मृत्यु

Economist Nepal

Sat, Asoj 22 2079

भारतमा बसमा आगलागी हुँदा ११ जनाको मृत्यु


२२ आश्विन २०७९, शनिबार

bus fire 1 wH6fXOXPCM

नयाँदिल्ली । महाराष्ट्रको नासिकमा शनिबार बिहान एउटा भयानक दुर्घटना भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगो लागेको थियो । हेर्दाहेर्दै २० मिनेटमा बस जलेर नष्ट भयो ।

दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जलेका छन् । यसबाहेक ३८ यात्रु घाइते भएका छन् । बस यवतमालबाट मुम्बई जाँदै थियो । दुर्घटना बिहान ४ः३० बजे भएको थियो। अधिकांश यात्रुले बसबाट हाम फालेर ज्यान जोगाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दुर्घटना नासिक–औरंगाबाद मार्गमा नन्दुरनाका नजिक भएको हो । बस चिन्तामणि ट्राभल्सको बसमा ४५–५० जना थिए । प्रहरी नायब उपायुक्त अमोल ताम्बेले दुर्घटना भएको पुष्टि गरेका छन् । यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । दैनिक भास्कर

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.