• Trending:

बाथरुममा लडेर एमाले नेता बालकृष्ण ढुंगेलको निधन

बाथरुममा लडेर एमाले नेता बालकृष्ण ढुंगेलको निधन

Economist Nepal

Sat, Asoj 22 2079

बाथरुममा लडेर एमाले नेता बालकृष्ण ढुंगेलको निधन


२२ आश्विन २०७९, शनिबार

balkrishna

काठमाडौं । ओखलढुंगा घर भएका नेकपा एमालेका नेता तथा पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको निधन भएको छ ।
उनको शनिबार बिहान काठमाडौंको जडीबुटीस्थित निवासको बाथरुममा चिप्लिएर लड्दा निधन भएको बताइएको छ । घरमा एक्लै रहेका उनको निधनपछि आफन्त र एमाले कार्यकर्ता भेला भइरहेका छन् ।

मिर्गौला फेलसहित मुटुको समेत समस्या झेलिरहेका उनी एमालेको पोलिटब्युरो सदस्य थिए । माओवादीले चलाएको जनयुद्धका क्रममा ओखलढुंगाकै उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेर शान्ति प्रक्रियापछि जेल जीवन समेत बिताएका उनी पछिल्लो समय एमालेमा थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ढुंगेल माओवादीका तर्फबाट ०६४ मा ओखलढुंगाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा माओवादीबाट निर्वाचित उनी तत्कालीन नेकपा भंग हुँदा माओवादी छाडेर एमालेमै रहेका थिए ।

city
ncll 2

उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई सर्वोच्च अदालतले २०६६ सालमा सर्वस्वसहित जन्मकैद सुनाएको थियो । जिल्लाको फैसला सदर गर्दै सर्वोच्चले सुनाएको उक्त फैसलाका कारण उनी जेल पुगेका थिए । तर उनले २०७४ मा आममाफी पाउँदै जेलबाट छुटेका थिए । उनी आफूलाई जेल हालिँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै चासो नदिएको भन्दै रुष्ट थिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.