• Trending:

रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालकाे तयारी

रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालकाे तयारी

Economist Nepal

Sat, Asoj 22 2079

रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालकाे तयारी

भुसालले उम्मेदवारी दिएमा सहयोग गर्ने सत्तारुढ गठबन्धनको तयारी


२२ आश्विन २०७९, शनिबार

Ghanashyam Bhusal

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । भुसालले विद्रोह गर्ने संकेत पाएपछि सत्तारुढ गठबन्धनले पनि रुपन्देही–१ रिक्त राखेको छ ।

भुसालले उम्मेदवारी दिएमा उनको स्वतन्त्र उम्मेदवारीलाई सहयोग गर्ने गरी सत्तारुढ गठबन्धनले आन्तरिक तयारी गरेको छ । ‘उहाँलाई एमालेले होइन, व्यक्ति केपी ओलीले टिकट नपत्याएको हो । ओलीले प्रालीका रुपमा पार्टी चलाएपछि बाध्य भएर स्वतन्त्र हुन विद्रोह गर्नुभ एको हो,’ उनी निकट स्रोत भन्छ, ‘उहाँलाई सत्तारुढ गठबन्धनका केन्द्र र जिल्लास्तरका नेताहरुले सहयोगको प्रस्ताव राख्नु भएको छ । सम्भवत स्वतन्त्र उम्मेदवारी दिनेगरी आन्तरिक तयारी गरिरहनु भएको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रुपन्देही–१ मा एमालेले पार्टी सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रुपन्देही–३ बाट सिफारिस भएका भुसालले १ बाट उम्मेदवार बनाउन माग गर्दै आएका थिए ।

city
ncll 2

तर, त्यहाँ सचिव विश्वकर्मालाई टिकट दिएर भुसाल निर्वाचित क्षेत्र राप्रपाका दिपक बोहोरालाई दिनेगरी तालमेल भएपछि उनले अध्यक्ष ओलीले नियोजित रुपमै आफ्नो राजनीतिक जीवनविरुद्ध षड्यन्त्र गरेको भन्दै निकटस्थहरुसँग असन्तुष्टि पोख्दै आएका थिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.