• Trending:

तीन शव निकालियो, तीन जना अझै बेपत्ता

तीन शव निकालियो, तीन जना अझै बेपत्ता

Economist Nepal

Sat, Asoj 22 2079

तीन शव निकालियो, तीन जना अझै बेपत्ता


२२ आश्विन २०७९, शनिबार

Jumla pahiro

प्युठान । प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएकी ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहु मगरको शव पहिरोबाट निकालिएको हो । प्रहरीले स्थानीयको सहयोगमा शव निकाल्नेल काम गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त पहिरोमा परी ६० वर्षीय बमबहादुर राहु मगर, चार वर्षीय सुसान्त राहु मगर र ६० वर्षीय हिराबहादुर थापा मगर अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली दुई दिनदेखि घट्नास्थलमै रहेको प्रवक्ता थापा मगरले जानकारी दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.