• Trending:

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची (पूर्णपाठ)

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची (पूर्णपाठ)

Economist Nepal

Sun, Asoj 23 2079

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची (पूर्णपाठ)


२३ आश्विन २०७९, आईतवार

nirbachan aayog

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ को संसदीय निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६,४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उम्मेदवार रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै, प्रदेश १ मा ३६ दलले ६६१ जना उम्मेदवारको बन्दसूचीमा बुझाएका छन् भने मधेस प्रदेशमा ३६ राजनीतिक दलका ९४८ जना उम्मेदवार रहेका छन् । वाग्मती प्रदेशमा ४१ दलका ८२५ उम्मेदवार रहेका छन् भने गण्डकी प्रदेशका ३१ राजनीतिक दलका ३६८ जना उम्मेदवार रहेका छन् ।

city
ncll 2

त्यसैगरी लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७ जना उम्मेदवार रहेका छन् भने कर्णाली प्रदेशमा २८ राजनीतिक दलका २२२ जना समानुपातिक उम्मेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३७६ जनाको नाम बन्दसूचीमा रहेको छ ।

jagdamba.cement
nepal liquors

हेर्नुहोस् आयोगले सार्वजनिक गरेको अन्तिम बन्दसूची–

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.