• Trending:

घनश्याम भुसाललाई मध्यरात प्रचण्डको फोन : तपाईलाई गठबन्धनको समर्थन छ

घनश्याम भुसाललाई मध्यरात प्रचण्डको फोन : तपाईलाई गठबन्धनको समर्थन छ

Economist Nepal

Sun, Asoj 23 2079

घनश्याम भुसाललाई मध्यरात प्रचण्डको फोन : तपाईलाई गठबन्धनको समर्थन छ

भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने


२३ आश्विन २०७९, आईतवार

ghanashyam bhusal 3

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
उनलाई मध्यरात सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोन गरेर गठबन्धनले सहयोग गर्ने आश्वासन दिएका थिए ।

नेता भुसालकी श्रीमती माया भण्डारीले राति प्रचण्डको फोन आएको जानकारी गराउँदै अहिले स्वतन्त्र उम्मेदवारीको तयारी भइरहेको जानकारी दिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्नुपर्छ भनेको भन्दै भुसालले भने, ‘राति साढे १२ बजे प्रचण्डले मलाई भन्नु भयो । मैले प्रधानमन्त्रीसँग पनि कुरा गरिसकेको छु । माधव कमरेडलाई पनि कुरा गरिसकेको छु । हामी तपाईंलाई समर्थन गर्छौं । हाम्रोतर्फबाट उम्मेदवारी हुँदैन । तपाईं अगाडि बढ्नुस् भन्नु भयो ।’

city
ncll 2

अब आफूले सत्ता गठबन्धनको समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवारका रुपमा रुपन्देही १ मा उम्मेदवारी दिने उनले बताए । भुसाल २०७४ मा रुपन्देही ३ बाट निर्वाचित भएका थिए । व्यवहारिक राजनीतिमा बढी जित्ने सम्भावना हेरिने भएकाले रुपन्देही १ रोजेको उनले बताएका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.