• Trending:

हिमाली जिल्लामा हवाई सँगै स्थलमार्ग अवरुद्ध

हिमाली जिल्लामा हवाई सँगै स्थलमार्ग अवरुद्ध

Economist Nepal

Sun, Asoj 23 2079

हिमाली जिल्लामा हवाई सँगै स्थलमार्ग अवरुद्ध


२३ आश्विन २०७९, आईतवार

simkot

सुर्खेत । दशैंको टीकाको दिनयता नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको छ । एयरलाइन्स कम्पनीका जहाजहरू काठमाडौं फर्कनु र मौसम पनि सफा नभएको कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।

लगातार पानी पर्नु र नेपालगञ्जमा कुनै पनि जहाज नभएका कारण हवाई सेवा अवरुद्ध भएको हो । गत असोज १८ गते तारा एयरले सिमकोट लगायत कर्णालीका हिमाली जिल्लामा उडान भरेको भए पनि त्यसपछि कुनै पनि उडान हुन सकेको छैन । कर्णालीको हुम्लाको सिमकोट, जुम्ला, मुगुको ताल्च, डोल्पाको जुफाल र सुदूरपश्चिम प्रदेशको बाजुराको कोल्टी विमानस्थलमा चार दिनदेखि कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपालगञ्जले मुख्य गरी निजी तथा नेपाल एयरलाइन्सका कुनै पनि जहाजहरू नभएको कारण उडान हुन नसकेको जनाएको छ । शनिबार पनि नेपालगञ्जबाट हिमाली जिल्लामा उडान भर्ने जहाजहरू कुनै पनि नभएको बताइएको छ । त्यस्तै स्थलमार्ग समेत अवरुद्ध भएको छ । जाजरकोट डोल्पा र कर्णाली राजमार्ग समेत अवरुद्ध भएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.