• Trending:

कमल थापालाई टिकट दिएको बिरोधमा एमाले मकवानपुरको कार्यालयमा तालाबन्दी

कमल थापालाई टिकट दिएको बिरोधमा एमाले मकवानपुरको कार्यालयमा तालाबन्दी

Economist Nepal

Sun, Asoj 23 2079

कमल थापालाई टिकट दिएको बिरोधमा एमाले मकवानपुरको कार्यालयमा तालाबन्दी


२३ आश्विन २०७९, आईतवार

amale makawanpur

मकवानपुर । पार्टीको आधिकारिक उम्मेदवारलाई पन्छाएर राप्रपा नेपाललाई सहयोग गर्ने केन्द्रको निर्णयको विरोधमा नेकपा एमालेको जिल्ला पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी गरिएको छ ।

एमाले जिल्ला इन्चार्ज रामेश्वर राना पक्षका कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । राना एमालेबाट मकवानपुर–१ मा टिकटका दाबेदार थिए। शुक्रबार साँझ नै उनलाई मकवानपुर १ मा उम्मेदवार बनाउने निर्णय समेत भइसकेको थियो । तर, शनिबार साँझ क्षेत्रीय कमिटीको सिफारिसविपरीत पार्टी अध्यक्ष केपी ओलीले कमल थापालाई समर्थन गर्ने निर्णय गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

टिकट ल्याएका थापा एमाले जिल्ला पार्टी कार्यालय आउने तयारी गरिरहेको बेला एमालेका असन्तुष्ट कार्यकर्ताले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि पार्टी कार्यलयमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तालबन्दीका बिषयमा प्रतिक्रिया दिँदै एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले नेतृत्वले गरेको गलत निर्णयको विरोधमा कार्यकर्ता उत्रिएको बताए । यद्यपि नेतृत्वको निर्णयविरुद्ध जान भने नसकिने उनको तर्क छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.