• Trending:

एमाले अध्यक्ष ओलीले झापा–५ बाट गराए उम्मेदवारी दर्ता

एमाले अध्यक्ष ओलीले झापा–५ बाट गराए उम्मेदवारी दर्ता

Economist Nepal

Sun, Asoj 23 2079

एमाले अध्यक्ष ओलीले झापा–५ बाट गराए उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आईतवार

KP Oli Manonayan Darta

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावक रोमनाथ ओली र समर्थक दीपक कार्की रहेका छन् ।

ओली यस अगाडिको निर्वाचनमा ५७ हजार १३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २५७ मत ल्याएका थिए । यस पटक पनि सत्ता गठबन्धनबाट अधिकारी उम्मेदवार बनेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

एमालेबाट प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ‘क’ मा हिम्मत कार्की र निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा होमबहादुर थापा उम्मेदवार बनेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.