• Trending:

पोर्चुगलमा सुतेकै ठाउँमा एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा सुतेकै ठाउँमा एक नेपाली युवाको मृत्यु

Economist Nepal

Sun, Asoj 23 2079

पोर्चुगलमा सुतेकै ठाउँमा एक नेपाली युवाको मृत्यु


२३ आश्विन २०७९, आईतवार

BharatPradhan Porchugal RSS 23 kapilsindhouli

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।

सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले जानकारी दिए । सँगै सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पुग्दा दाजु मृत अवस्थामा भेटिएको उनले बताए । मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन् । उनको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ । परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक सङ्कलन शुरु गरिएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.