• Trending:

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए मनोनयन दर्ता

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए मनोनयन दर्ता

Economist Nepal

Sun, Asoj 23 2079

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए मनोनयन दर्ता


२३ आश्विन २०७९, आईतवार

Arju

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । देउवाले यस पटक पत्नी आरजुमार्फत मनोनयन दर्ता गराएका छन् ।

यससँगै देउवा सातौं पटक डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । आइतबार दिउँसो २ बजेर २३ मिनेटमा डा. आरजुले मुख्य निर्वाचन कार्यालयमा पुगेर देउवाको उम्मेदवारी दर्ता गराएकी हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानमन्त्री देउवाका तर्फबाट मन्जुरीनामा लिएर उम्मेदवारी दर्ता गराउन शनिबार साँझ नै प्रधानमन्त्रीपत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा डडेल्धुरा आइपुगेकी थिइन् । यसभन्दा अघिल्ला निर्वाचनमा देउवाका तर्फबाट स्थानीय नेताहरूले उम्मेदवारी दर्ता गर्ने गरेका थिए । देउवाले २०४८ र २०५६ बाहेकका हरेक निर्वाचनमा प्रतिनिधि मार्फत् उम्मेदवारी दर्ता गराउँदै आएका छन् ।

city
ncll 2

प्रधानमन्त्री देउवापछि उनीविरुद्ध दुई महिनादेखि चुनावी अभियानमा रहेका गुल्मीका सागर ढकालले पनि मनोनयन दर्ता गराएका छन् । यसैगरी एमालेका असन्तुष्ट नेता विक्रमबहादुर शाहीले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् । एमाले र बीपी कांग्रेसका संयुक्त उम्मेदवार कर्ण मल्लले भने अझै उम्मेदवारी दर्ता गराएका छैनन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.