• Trending:

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

Economist Nepal

Mon, Asoj 24 2079

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै


२४ आश्विन २०७९, सोमबार

Satya mohan joshi3 scaled

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ललितपुरको किष्ट अस्पतालमा उनको उपचार जारी रहेको हो ।

असोज ६ गतेदेखि सोही अस्पतालमा उपचाररत जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो । विभिन्न रोगबाट समेत ग्रसित उनलाई हाल डेंगुले गलाएको र खाना खान मन नगर्दा समस्या भएको अस्पतालका अधिकारी अमिस पाठकले जानकारी दिए ।
पछिल्लो ३–४ दिनदेखि उनलाई खानामा बिल्कुलै अरुची हुने तथा खुलेर संवाद गर्न नसक्ने भएको पाठकको भनाइ छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जोशीको स्वास्थ्यमा उल्लेखनीय प्रगति नभएको र युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण मल्मोनोलोजिस्ट तथा इन्टरनल मडिसिन विभागसँगको सल्लाहमा आइतबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको बताए । किष्ट अस्पतालले जोशीको स्वास्थ्य उपचारमा निरन्तर सहयोग गर्दै आएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.