• Trending:

भारतीय नागरिकको हत्या आरोपमा पर्साका राजाबाबु पक्राउ

भारतीय नागरिकको हत्या आरोपमा पर्साका राजाबाबु पक्राउ

Economist Nepal

Tue, Asoj 25 2079

भारतीय नागरिकको हत्या आरोपमा पर्साका राजाबाबु पक्राउ


२५ आश्विन २०७९, मंगलवार

murder indian citizen hSTC9vuSf8

काठमाडौं । असोज २१ गते हत्या गरी फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलिप आदकको हत्या गरेको अभियोगमा श्रीलाल ठाकुर पक्राउ परेका हुन् ।

पर्सा बहुदरमाई नगरपालिका–२ हांसवा घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । आदकको उनकै कोठामा असोज १९ गते विहान शव फेला परेको घटनाको थप अनुसन्धानको क्रममा आदकसँगै बस्दै आएका श्रीलालले हत्या गरेको खुल्न आएपछि आदकलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

श्रीलालले काठ च्यापन प्रयोग हुने सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या पश्चात शव कपडाले छोपी बाहिरबाट ताल्चा लगाई फरार भएको खुल्न आएको छ । साथै उनको कोठाबाट उक्त सकिन्जा र आधा फोडिएको बाकसमा रहेको नगद ४ लाख १९ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.