• Trending:

माओवादीका बागी उम्मेदवार ढुंगाना भन्छन्, ‘पार्टी जनभावना अनुसार चलेन’

माओवादीका बागी उम्मेदवार ढुंगाना भन्छन्, ‘पार्टी जनभावना अनुसार चलेन’

Economist Nepal

Tue, Asoj 25 2079

माओवादीका बागी उम्मेदवार ढुंगाना भन्छन्, ‘पार्टी जनभावना अनुसार चलेन’


२५ आश्विन २०७९, मंगलवार

IMG 20221010 WA0033.jpg

महोत्तरी । पार्टीले जनताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाले वताएका छन् । यो ५ वर्षको अवधीमा मधेशमा जनतालाई सरकारको समेत महसुस नभएको बताउँदै ढुंगानाले सरकारको अनुभूत गराउन पनि आफ्नो उम्मेदवारी रहेको दावी छ ।

आफूले जिते प्रदेश ससंदको हैसियतले जनताको समस्याको पोकोलाई सम्वोधन गर्ने तथा जनताको मनोभावनाअनुसार कुनै पनि राजनीतिक दलले अहिलेसम्म उम्मेदवारी नबनाएको बताउँदै स्वतन्त्रको भूमिकाबाट आफ्नो कलाकारिता देखाउने नेता ढुंगानाको भनाइ छ । उनले माओवादीले समेत जनभावना अनुसार काम गर्न नसके पछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन् । सत्ता गठबन्धन दलको प्रतिनिधिसभामा साझा उम्मेदवार गिरिराजमणी पोखरेल बनेका छन् । गठबन्धनको निर्णयअनुसार महोत्तरी क्षेत्र न.१ क मा काङ्ग्रेसले पाउने निर्णय गरेता पनि प्रदेशसभाको साझा उम्मेदवार भने नेकपा एसबाट सुरेश राउत छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.