• Trending:

युक्रेनी शहरमा हमला गर्दा रुसले ७५ मिसाइल र इरानी ड्रोन प्रयोग गर्‍यो : जेलेन्स्की

युक्रेनी शहरमा हमला गर्दा रुसले ७५ मिसाइल र इरानी ड्रोन प्रयोग गर्‍यो : जेलेन्स्की

Economist Nepal

Tue, Asoj 25 2079

युक्रेनी शहरमा हमला गर्दा रुसले ७५ मिसाइल र इरानी ड्रोन प्रयोग गर्‍यो : जेलेन्स्की


२५ आश्विन २०७९, मंगलवार

zelensky

मस्को । रुसलाई क्रिमिया जोड्ने पुलमा विष्फोटको बदलामा रुसले सोमबार युक्रेनी शहरहरूमा बमबारी गरेर सर्वसाधारणको हत्या र पूर्वाधारमा ठूलो क्षति गराएको छ । आक्रमणमा रुसले इरानी ड्रोन प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला भएको देशको सेना प्रमुखले बताएका छन् । युक्रेनमा कम्तीमा ७५ वटा मिसाइल प्रहार गरेको उनले बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । ‘हामी आतंककारीहरूसँग लडिरहेका छौं । दर्जनौं मिसाइल र ड्रोनले देशभरका उर्जा फ्यासिलिटिजमा निशाना बनाइएको छ’, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.