
लन्डन । नटिङघम फरेस्टले एस्टन भिल्लासँग सोमबार १–१ को संघर्षपूर्ण बराबरी खेल्दै इंग्लिस प्रिमियर लिगको अन्तिम स्थान छाडेको छ । यस नतिजापछि स्टिभ कुपरको फरेस्टले लगातार पाँच खेलको हार श्रृंखलामा पूर्णविराम लगाएको छ र १९ औं स्थानमा उक्लेको छ ।
फरेस्ट अन्तिम स्थानमा झरेको लेस्टर सिटीको भन्दा एक अंकले अगाडि छ । फरेस्टको नौ खेलबाट पाँच अंक भएको छ । भिल्ला भने १६ औं स्थानमा छ । स्टेफन जेरार्डको भिल्लाको नौ खेलबाट नौ अंक नै छ ।
सिटी ग्राउन्डमा भएको खेलमा फरेस्टले इमानुल डेनिसको गोलले अग्रता लिएको थियो । भिल्लाका लागि एली योङले २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरे । सन् २०११ यता भिल्लाका लागि उनको यो पहिलो गोल हो ।
Comments
Related News






