• Trending:

हामीबाट चुनाव प्रचारको आशा नगरी दिनुस्

हामीबाट चुनाव प्रचारको आशा नगरी दिनुस्

Economist Nepal

Tue, Asoj 25 2079

हामीबाट चुनाव प्रचारको आशा नगरी दिनुस्


२५ आश्विन २०७९, मंगलवार

haribansha acharya

काठमाडौँ । कलाकार हरिवंश आचार्यले आगामी चुनावमा आफू कसैको प्रचारक हुन नसक्ने बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले कसैको पक्षमा भोट माग्न र कसैको प्रचारक हुन नसक्ने आफूहरूको बाध्यता भएको बताएका हुन् ।

चुनाव नजिकिँदै गर्दा आफूहरूबाट आशा राख्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले आफूहरू सबै राजनीतिक दल र सबै उम्मेदवारको साझा मानिस भएको बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले लेखेका छन्, ‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् । कतिसँग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गाँसिएको हुन्छ । देशमा जब निर्वाचन नजिकिन्छ । त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गासिएका व्यक्तिहरू निर्वाचनमा उम्मेदवार बन्दछन् । त्यसबखत हामीसँग केही आशा राख्नु स्वाभाविक हो । मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागिदेला भनेर । तर हामी सबै राजनीतिक दल, सबै उम्मेदवारका साझा मानिस हौँ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।’

city
ncll 2

आचार्यले अगाडि भनेका छन्, ‘कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिँदैन, यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मीयता, नातालाई पवित्र नै राखी चुनावमा हामीबाट प्रचारप्रसारको आशा नगरी दिन अनुरोध गर्दछु ।’

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.