• Trending:

युक्रेनलाई अत्याधुनिक वायुरक्षा प्रणाली उपलब्ध गराउने बाइडेनको घोषणा

युक्रेनलाई अत्याधुनिक वायुरक्षा प्रणाली उपलब्ध गराउने बाइडेनको घोषणा

Economist Nepal

Tue, Asoj 25 2079

युक्रेनलाई अत्याधुनिक वायुरक्षा प्रणाली उपलब्ध गराउने बाइडेनको घोषणा


२५ आश्विन २०७९, मंगलवार

biden ukraine russia war

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अत्याधुनिक वायुरक्षा प्रणाली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । युक्रेनको राजधानी किभसहित विभिन्न शहरहरुमा रुसले आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँग यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

युक्रेनलाई मद्दत गर्नका लागि जी सेभेनले आह्वान गरेको आपतकालीन बैठकअघि जेलेन्स्कीसँगको फोनवार्ताका क्रममा बाइडेनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त फोन कलपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले युक्रेनको रक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री र अत्याधुनिक वायुरक्षा प्रणालीसमेत पठाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका हुन् ।

city
ncll 2

यो वायु रक्षा प्रणालीले ड्रोन, मिसाइल र हेलिकप्टरमा आक्रमण गर्न सक्ने बताइएको छ । यस्तै बाइडेनले जेलेन्स्कीसँग बोल्दै अमेरिका र यसका सहयोगीहरुले रुसलाई उसको कार्यका लागि झन् भारी जवाफसहितको प्रतिक्रिया दिइरहने बताएका छन् । मास्कोले सोमबारको आक्रमण सैन्य सुविधाहरुमा लक्षित रहेको बताए पनि युक्रेनले भने रुसले नागरिक क्षेत्रहरुलाई लक्षित गरिरहको बताएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.