• Trending:

नेप्से सूचक १६.०६ अंकले घट्यो, ५५ करोडको कारोबार

नेप्से सूचक १६.०६ अंकले घट्यो, ५५ करोडको कारोबार

Economist Nepal

Tue, Asoj 25 2079

नेप्से सूचक १६.०६ अंकले घट्यो, ५५ करोडको कारोबार


२५ आश्विन २०७९, मंगलवार

share market 1

काठमाडौं । शेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा आएको छ ।

५५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । दशैं अघिदेखि नै सकारात्मक बनेको बजार दशैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो । आज २२९ कम्पनीको १७ लाख ६८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ट्रेडिङ, होटल र लगानी समूहका सूचकहरुमा सुधार भएको छ भने बाँकी समूहका सूचक घटेका छन् । ३ करोड १० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन पावर पार्टनर परेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.