• Trending:

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरी (थारु) को उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरी (थारु) को उम्मेदवारी खारेज

Economist Nepal

Tue, Asoj 25 2079

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरी (थारु) को उम्मेदवारी खारेज


२५ आश्विन २०७९, मंगलवार

फाइल फोटो

कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

धनगढी उपमहागरपालिका–१५ का स्थानीय समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले चौधरीविरुद्ध दिएको उजुरी उपर मंगलबार जाँचबुझ गर्दा चौधरी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाले उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले जनाए ।

city
ncll 2

टीकापुर घटनासम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजाय समेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी कानुनतः उम्मेदवार बन्न अयोग्य देखिएको उनको भनाइ छ ।

jagdamba.cement
nepal liquors
tha
tha1

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.