• Trending:

छिन्नमस्ता मन्दिरमा दशैंमा वली प्रदानबाटै साढे चार लाख बढी आम्दानी

छिन्नमस्ता मन्दिरमा दशैंमा वली प्रदानबाटै साढे चार लाख बढी आम्दानी

Economist Nepal

Wed, Asoj 26 2079

छिन्नमस्ता मन्दिरमा दशैंमा वली प्रदानबाटै साढे चार लाख बढी आम्दानी


Chinnamasta Temple Rajbiraj Saptari

सप्तरी । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा २०७९ को दशैंमा मात्र १५ लाख भन्दा बढी आम्दानी भएको छ । भगवती संरक्षण सम्वद्र्धन समितिका कार्यवाहक अध्यक्ष एवं मन्दिरका मुख्य पीठाधिश महाकान्त ठाकुरले २०७९ को आयव्यय सार्वजनिक गर्दै पत्रकारहरूलाई जानकारी दिएका हुन् ।

समितिका वरिष्ठ सदस्य राम कुमार ठाकुरले २०७९ को विजया दशमीमा भएको १५ लाख २५ हजार ७ सय ७५ रुपैयाँ आम्दानी तथा ११ लाख ८८ हजार रुपैयाँ खर्च विवरण प्रस्तुत गरेका हुन् । प्रस्तुत प्रतिवेदनअनुसार बलि प्रदानबाट ४ लाख ६८ हजार ९ सय ३६, गाडी पुजनबाट ५१ हजार १ सय २८ मुण्डनबाट १३ हजार ६ सय, गाडी पार्किङबाट ३७ हजार ९९ सय, चन्दा सहयोग २५ हजार ३ सय ७६, धर्मशालाबाट ६ हजार ८ सय, फुटकर पसल ८१ हजार ९ सय ५०, विवाह ६ हजार ४ सय, पिकनिक १ हजार ९ सय २०, दान पेटिकाबाट ७२ हजार ८ सय ९६, शीघ्र दर्शनबाट ७ लाख, ५९ हजार ७ सय ८५ रुपैयाँ नगद आम्दानी भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसैगरी रंगरोगन ३ लाख ५० हजार, बिजुली डेकोरेशन २ लाख ७५ हजार, सरसफाइ १ लाख ५ हजार, शान्ति सुरक्षा ४५ हजार, मर्मत सम्भार २ लाख ३१ हजार, अतिथि सत्कार २५ हजार, कर्मचारीको दशैं खर्च ९१ हजार ९ सय २० र विविध ६५ हजार ८० रुपैयाँ गरी कूल ११ लाख, ८८ हजार रुपैयाँ खर्च भएको छ ।

city
ncll 2

कार्यक्रममा बोल्दै पीठाधिश ठाकुरले यस वर्ष दशैंमा आम्दानी बढी र खर्च कमी भएकोले ३ लाख ३७ हजार ७ सय ८५ रुपैयाँ बचत भएको बताए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.